कलकत्ताबाट फर्किए नेपाल सोतोकान करातेका खेलाडी



काठमाडौं । भारतको कलकत्तामा सम्पन्न ३३ औँ इन्टरनेसनल कराते ओपन च्याम्पियनसीपमा प्रतिस्पर्धा गरेर नेपाल सोतोकान कराते संघका खेलाडी स्वदेश फर्किएका छन्।

च्याम्पियनसीपमा सहभागी खेलाडीमध्ये अधिकांशले स्वर्ण पदक हात परेको संघले जनाएको छ। संघका अनुसार १५ वर्ष मुनि समूहमा कातामा जागृति थापा मगरले स्वर्ण,५० किलो समूहमा कुमितेतर्फ मानन्धरले स्वर्ण,५० किलो समूहमा सजना भुजेलले स्वर्ण,सुवेक्षा विक(काता,१५ वर्ष मुनि,कास्य) नविना तामाङ (कुमिते,४५ किलो,स्वर्ण),सुजन वाइबा(काता,१३ वर्ष मुनि कास्य),सुजन थापा(कुमिते,४५ किलो रजत),गूंजन थापा( कुमिते,४५ किलो रजत),बदल लोमा(५० किलो स्वर्ण) समित धिमाल(कुमिते,५० किलो स्वर्ण),रिकेश बोहरा(कुमिते,४५ किलो रजत),गौतम भण्डारी(कुमिते ४० किलो,रजत)रोनिस थापा (कुमिते,६५ किलो रजत)आशिष गुरुङ(६५ किलो कास्य)ले सो जित हासिल गरेका हुन् ।

नेपाल सोतोकान कराते संघका अध्यक्ष तथा प्रमखु प्रशिक्षक श्याम शेर्पाको नेतृत्वको टोली पौष १७ गते भारत प्रस्थान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्