राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै धर्ना
काठमाडौं । नेपाल धर्मनिरपेक्ष भएको यतिका वर्ष भइसक्दा पनि सरकारले त्यसको पूर्ण रुपमा पालना नगरेको भन्दै राष्ट्रिय ख्रीष्टियन आयोगले माईतिघरमण्डलामा धर्ना दिएको छ।
अध्यक्ष कालबाहादुर बिकको अध्यक्ष रहको संघर्ष समितिले माईतिघर मण्डलामा केहि दिन अघिदेखि राष्ट्रिय ख्रीष्टिय आयोगको माग गर्दै शान्तिपूर्ण धर्ना दिएको हो ।
संविधानले धर्म निरपेक्षता घोषणा गरेता पनि व्यवहारमा भने लागू नभएको भन्दै उनीहरुले कसैलाई काखा र पाखा नगर्न सरकारलाई आग्रह गरेका छन्। संघर्ष समितिले इसाई समुदायलाई चाहिने हक अधिकार सुुुनिश्चित गर्न सरकारसँग माग गरेको अध्यक्ष बिकले बताए ।
लामो समयदेखि इसाई समुदायका धर्मगुरुहरू आफ्नो आस्था विश्वासमा अभ्यास अध्ययन गरेकै कारण जेल जानुपरेको बताउँदै अमानवियताको व्यवहारसँगै मानवताको उल्लङ्घन भएको निष्कर्ष निकाल्दै विभिन्न प्रकारको आरोपसँगै दुःख र कष्टहरु भोग्नु परेको बताउँदै उनीहरुले सिङ्गो देश नेपालमा बसोबास गर्दै आएका सम्पुर्ण इसाई समुदायहरूको हक हित र सुरक्षाको लागि ख्रीष्टियन आयोगको आवश्यकता रहेको बताउँदै धर्ना बसेको सङ्घर्ष समितिका केही सदस्यहरुले बताए ।
सरकारले धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्मलाई समान हक अधिकार प्रदान गर्ने दायित्व सरकारको रहेको बताउँदै अध्यक्ष बिकले आहिले आफ्नो धर्म अनुसार अध्ययन अभ्यास गरेकै कारण जेल जानुपर्ने इसाई समुदायको वर्षौंदेखिको मुद्दाहरू छानबिन नभएको,मागहरु सुनुवाई नभएको र सरकार वार्ता गर्न नचाहेको, सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको भन्दै सिङ्गो इसाई समुदायको हकहितको लागी ख्रीष्टियन आयोगको आवश्यकता रहेको संघर्ष समितिका अध्यक्ष बिकको भनाई छ।