हिमालय सांगितिक धमाकाको आय-व्यय सार्वजनिक



दावा जाङबु शेर्पा,काठमाडौं। शेर्पा संघ दक्षिण कोरियाले कोरियाली महान चाड छुसककोे अवसरमा आयोजना गरेको वृहत् ऐतिहासिक हिमालय सांगितिक धमाका २०२४”कोे आय-व्यय विवरण सार्वजनिक गरेको छ ।

संघले चर्चित गायक निमा रुम्बासहित कलाकारहरुको साथमा आपतकालीन राहतकोष स्थापनार्थ बृहत कार्यक्रम आयोजना गरेको थियो।आयोजकका अनुसार कार्यक्रममा ४ करोड ३८ लाख १७ हजार ६ सय सात आम्दानी भएको र ४ करोड ८ लाख ५१ हजार १ सय २० रुपैयाँ खर्च भएको छ।त्यसैगरी संस्थाले २५ लाख ६६ हजार ४ सय ८७ रुपैयाँ बचत गर्न सफल भएको आर्थिक संयोजक पासाङ शेर्पाले जानकारी दिनुभयो।

संघले ‘२०५२ ओैँ ग्याल्पाे लाेसार’काे पाेस्टर पनि सार्वजनिक गरेकोको अध्यक्ष दोर्ची शेर्पाले बताउनुभयो।आय-व्यय विवरण सार्वजनिक कार्यक्रममा दक्षिण कोरियास्थित नेपाली संघसंस्थाका प्रतिनिधिज्यूहरू,समाजसेवी,बुद्धिजीवी,राजनीतिकर्मी,पत्रकार , समाजसेवी लगायत उपस्थिति रहेको महासचिव दोर्ची शेर्पा दोर्जेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्