‘आउ घुम्न ए माया ओखलढुंगामा’ बोलको गीति भिडियो सार्बजनिक (भिडियो सहित)
ओखलढुंगा।हेमकुमारी राजभण्डारी ‘मञ्जु’ को ‘आउ घुम्न ए माया ओखलढुंगामा’ बोलको गीति भिडियो सार्बजनिक भएको छ।
ओखलढुंगाका पर्यटकीय गन्तव्यको सुक्ष्म चिनारीसहित सौन्दर्यको बर्णनलाई माया प्रेममा ढालिएको सो गीतको रचना रमेश श्रेष्ठले गरेका छन्।
ओखलढुंगा खबर युट्युब च्यानलबाट सोमबार सार्बजनिक गरिएको सो गीतमा रचना रिमाल र मनिष पीएमको स्वर तथा मनिष पीएमकै संगीत रहेको छ।
गीतमा पवित्रा गुरुङ,रमिला मगर र झङ्कार मगरले कोरस गायन गरेका छन् भने गीत बुद्धस स्टुडियो पुतलीसडकमा रेकर्डिङ गरिएको हो ।
सार्वजनिक भएको म्युजिक भिडियोमा सलिना मगर, एन्जल मगर, देविका मगर, करुणा मगर र मिलन मगरले अभिनय गरेको रचनाकार श्रेष्ठले जानकारी दिए।