तिब्बतको दिङ्गीमामा ७ म्याग्निच्युडको भूकम्प,नेपालमा धक्का



काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ। उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ।

त्यसले नेपालका प्राय ठाउँ र काठमाडौंसम्म धक्का महसुस भएको छ।यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ। बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए।

प्रतिक्रिया दिनुहोस्