समावेशी शिक्षासम्बन्धी ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।स्थानीय स्रोत शिक्षकका लागि समावेशी शिक्षासम्बन्धी ५ दिने क्षमता अभिवृद्धि तालिम सोलुखुम्बुको सल्लेरीमा सम्पन्न भएको छ ।

रीड नेपालको आयोजना,नगरपालिका र गाउँपालिकाको समन्वयमा तथा अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित सो तालिम सोमबार सम्पन्न भएको हो। सोलुखुम्बुका सात वटा स्थानीय तहका २१ जना स्थानीय स्रोत शिक्षक र बझाङको खप्तड छान्ना गाउँपालिकाका ११ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिम समापन गर्दै सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङले समावेशी शिक्षा आजको आवश्यकता भएको बताउदै महत्त्वपूर्ण तालिमको आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोल,सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा,रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महर,शिक्षा विकास संयोजक केशव देव गिरी लगायत रीड नेपालका प्रशिक्षकहरुले सहजीकरण गर्नुभएको थियो।तालिमका बिचमा बझांग र सोलुका शिक्षक बीच अनुभव साटासाट र गार्मा मावि अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्