जनस्वास्थ्य निरीक्षक शेर्पाको पहलमा बिरामीलाई सहयोग रकम
दावा जाङ्बु शेर्पा,काठमाडौं।आर्थिक अभावका कारण उपचार गर्न कठिनाइ ब्यहोरिरहेकी सुक्दिकी शेर्पालाई ८२ हजार आठ सय बाईस रुपैयाँ हस्तान्तरण गरिएको छ ।
ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा न ०७, विगुटार, सर्सेपु निवासी स्वर्गीय तेन्जिङ शेर्पाकि श्रीमती सुक्दिकी शेर्पा घर फर्कने क्रममा १०० मिटर तल खस्दा मेरुदण्ड भाँचिएपछी हाल उनको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको आईसियु (ICU) मा उपचार भइ रहेको छ।
डाक्टरको रिपोर्ट अनुसार उनको मेरुदण्ड भाँचिनुका साथै शरीर भरी गम्भीर चोटपटक लागेका कारण उपचारका लागि धेरै नै खर्च लाग्ने भएका कारण सहयोग रकम संकलन गरिएको हो। संकलित सोही रकम बिरामीलाई हस्तान्तरण गरिएको जनस्वास्थ्य निरीक्षक शेर्पाले जानकारी दिए।
सिद्धिचरण नगरपालिका ०७, विगुटार, ओखलढुंगाका जनस्वास्थ्य निरीक्षक अधिकृत ङिमा शेर्पाको पहलमा स्वास्थ्यकर्मी,शिक्षक, कर्मचारी, समाजसेवी,बुद्धिजीवी,विभिन्न संघसंस्था लगायत देश तथा विदेशमा रहेका व्यक्तित्वहरुबाट आर्थिक सहयोग रकम सङकलन गरिएको थियो ।