पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउँ :उपमहासचिव शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन पनि प्रस्ताव गरेका छन् ।
धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले नेताहरूको सम्पत्ति छानबिन गर्न आवश्यक रहेकाले त्यसका लागि आयोग गठन गर्नुपर्ने बताएका थिए ।
उपमहासचिव शर्माले आफूले अध्यक्षको प्रतिवेदनको समर्थन गरेको भन्दै अगाडि थपे,-‘पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ । पार्टी पुँजीवादकै दलदलमा फसेको छ । संविधान निर्माणपछि हामी कहाँ अल्मलियौँ त्यसको पनि समीक्षा गरौं ।’
शर्माले पार्टीको नाम र चिन्ह परिवर्तन गर्नुपर्ने समेत बताए।अब पार्टीको महाधिवेशन घोषणा गरेर अघि बढ्नु पर्ने उनको भनाई थियो।उनले अहिलेको केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नसमेत प्रस्ताव गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
बैठका उठेका प्रश्नको अध्यक्ष प्रचण्डले आज जवाफ दिने कार्यक्रम छ । माओवादीको बैठक आजै सकिने बताइएको छ ।
file foto