रामेछापमा राप्रपाको जिल्लास्तरीय प्रशिक्षण सम्पन्न



रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन तयारी जारी राख्दै रामेछापमा जिल्लास्तरीय प्रशिक्षण सम्पन्न गरेको छ । राप्रपा आन्दोलन परिचालन समितिको निर्णय बमोजिम काठमाडौं केन्द्रीत आन्दोलनलाई मध्यनजर गर्दै जुझारु कार्यकर्तालाई प्रशिक्षण दिइएको हो ।

केन्द्रीय प्रशिक्षकहरुको टोलीले आन्दोलन सम्बन्धी राजनैतिक, परिचालन लगायतका विषयमा एक दिने प्रशिक्षण संचालन गरेका थिए । सहायक महामन्त्री सौरेन्द्र शाहले विचार र सिद्धान्त, केन्द्रीय नेता राजु लोहनीले आन्दोलन तयारी, केन्द्रीय सदस्य रंजन कार्कीले सामाजिक संजाल र राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठनका फणीन्द्र खड्काले परिचालन र व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।

राप्रपा रामेछाप जिल्ला अध्यक्ष भरत वाइवाको अध्यक्षतामा बुधबार सम्पन्न आन्दोलन केन्द्रीत प्रशिक्षण आगामी फागुनमा हुने निर्णायक आन्दोलनमा केन्द्रीत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्