एकता दिवस मनाउन हीनताबोध गर्नेहरूलाई जिम्मा दिएर देशको भविष्य सुरक्षित हुँदैन : लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एकता दिवस मनाउन हीनताबोध गर्नेहरुलाई राज्य सञ्चालनको जिम्मा दिएर देशको भविष्य सुरक्षित नहुने बताएका छन्।

राष्ट्रिय एकता दिवसका सन्दर्भमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा सरकारी तवरबाट कुनै कार्यक्रम आयोजना नगरिएको भन्दै एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न पनि नसक्ने बताएका हुन् । 

पृथ्वी जयन्ती तथा एकता दिवसलाई क्यालेण्डरमा समावेश गर्न राप्रपाले सौदाबाजी गर्नु परेको उनले बताए । उनले नेपाल भन्ने देश बनाएकै कारण राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत विभिन्न पदमा पुग्ने अवसर प्राप्त भएको कुरा नभुल्न सुझाव दिए । उनले देशको निर्माणमा पृथ्वीनारायण शाहको नेतृत्व र पुर्खाको योगदान रहेपनि पछिल्लो समय यसलाई गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयास भइरहेको बताए । 

राज्य भइराख्थ्यो त ? हामी त्यहाँको राजा भइरहन्थ्यौं त ?यसरि जुन प्रकारले एकीकरणमाथि प्रश्न उठाउने कामहरु भइरहेको छ यसबाट सबै समुदाय सचेत रहनुपर्दछ । होसियार रहनुपर्छ र त्यसको प्रतिवाद गर्नुपर्छ । अहिले नेपाल भन्ने देश नभएको भए आज जुम्लाको ज्ञानेन्द्र शाही र राजेन्द्र लिङदेन कसरी जोडिन्थ्यौं होला ?रामचन्द्र पौडेल कुन देशको राष्ट्रपति हुनुहुन्थ्यो होला ।’

‘केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो होला ? शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । छैटौं र सातौं पटक कुन देशको प्रधानमन्त्री हुन्छु भनेर प्रखेर बसिरहनुभएको हुन्थ्यो होला ? तर उहाँहरु नै पृथ्वी जयन्ती मनाउनका लागि हामीले तपाईलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था छ । क्यालेण्डरमा त लेख्न लगाइयो तर आज सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक कार्यक्रम राख्ने हिम्मतसम्म गर्दैन । यस्तो हिनतावोधबाध गर्ने व्यक्तिहरुबाट देशको संरक्षण कसरि हुनसक्छ । कहाँ छ त्यो संस्कृती मन्त्रालय, कहाँ छ प्रज्ञा प्रतिष्ठान , पृथ्वीनारायण शाह नभएको भए कहाँका प्राज्ञ बन्थे ?कहाँका मन्त्री बन्थे ? यस्ता मान्छेहरुलाई देशको जिम्मेवारी दिएर देशको भविष्य सुरक्षित छैन । पृथ्वीनारायण शाहको नेपालको भविष्यको सुरक्षा छैन ।’

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ ।
file foto

प्रतिक्रिया दिनुहोस्