संबिधान संशोधनको कुरा तलमाथि हुंदैन : सञ्चारमन्त्री गुरुङ



काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनै पनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ उनले काम गर्न बाधा पुगाइरहेको ११ वटा कानूनहरू संशोधनमा ल्याउने भनेर कानूनविद्हरू रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताएका हुन् ।

उनले भने, ‘काम गर्न बाधा पुर्‍याइरहेको ११ वटा कानूनहरूको पहिचान गरि संसदमा पेश गर्ने गरेर संशोधनमा ल्याउन र त्यसको तयारीका लागि पनि कानूनविद्हरू रहेको कार्यदल बनाएका छौँ । त्यसकारण संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो । किनभने हाम्रो राजनीतिक सहमतिमा नै यही कुरा थियो । यसमा तलमाथि गर्ने कुनै पनि कुरा छैन ।’

यसको साथै, उनले नीतिगत रूपले संविधान संशोधनको विपक्षमा नभएको भन्दै त्यसका लागि कार्यदल बनाएर अगाडि बढेको बताए । उनले भने, ‘नीतिगत रूपले हामी संविधान संशोधनको विपक्षमा होइन । अस्ति भर्खर दुई दलको आठ सदस्य उच्च राजनीतिक संयन्त्रले पनि निर्देशन दिएको छ । संविधान संशोधन गर्न, संघीयता र संविधान कार्यान्वयनको समस्या पहिलाउन, संसद्मा अहिलेसम्म भइरहेको १९ वटा विधेयकहरू जुन बाँकी छन् त्यसलाई यही अधिवेशनबाट पारित गर्नको लागि के के गर्नु पर्छ भनेर कार्यदलहरू गठन भएको छ ।’

२३ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा ‘संसद्को अहिलेको कार्यकालमा दुईतिहाइ पुगेन भने ०८७ मा संविधान संशोधन हुन्छ,’ भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।
file foto

प्रतिक्रिया दिनुहोस्