युके पठाइदिन्छु भन्दै ३१ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल छन्।
बुधबार पक्राउ परेका उनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीनभएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।