सुशीला विष्टको ‘निम्छरा आवाजहरू’ कविता सङ्ग्रह लोकार्पित



बनेपा।प्रगतिशील लेखक सङ्घ, काभ्रे जिल्ला समितिको आयोजनामा मिति २०८१ पौष २७ गते कवि सुशीला विष्टको ‘निम्छरा आवाजहरू’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार,समालोचक,कवि प्रा.डा. रामप्रसाद ज्ञवाली,अतिथि प्रा.डा.नारायणप्रसाद गड्ताैला,बाग्मती प्रदेश अध्यक्ष डा.हरिप्रसाद सिलवाल,बनेपा क्याम्पसका प्रमुख पारश काफ्ले,गीतिभाष्कर मच्छेश्वर सापकोटा लगायतले सो कविता संग्रह बिमोचन गरेका हुन्।

पुस्तकको समिक्षा साहित्यकार देबु लुइँटेलले गर्नुभएको थियो । कवितासङ्ग्रहमा ६३ वटा छन्दाेबध्द कविताहरू समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्