बहु प्रतिक्षित चलचित्र ‘एक्टर’ शुक्रवारदेखि देशभर प्रदर्शनमा आउँदै
काठमाडौं । देशभरका ७० भन्दा बढी सिनेमा हलमा माघ ४ गते शुक्रवारबाट प्रदर्शनमा आउने भएको छ।
युवा पुस्तालाई लक्षित ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण रहेको निर्देशक मदन घिमिरे बताउछन् । यो नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो ।
नायक प्रिन्स थापा मगरको साथमा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी,कृष्ण मल्ल,सरोज खनाल,महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ ।
मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ का निर्माता बरिष्ठ निर्माता महोनही थापा हुन् । ‘एक्टर’नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।