वरिष्ठ गीतकार शुभ मुकारुङ को गिति संग्रह ‘यतै अल्मलिएँ’ सार्बजनिक



काठमाडौ।वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’सार्वजनिक भएको छ।

काठमाडौंको पुतलीसडकस्थित ग्रीन लिफ फूड होटलमा सो संग्रह सार्बजनिक गरिएको हो। गीतकार संघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एसपी कोइराला,वरिष्ठ गीतकार गीतकार संघका पुर्व अध्यक्ष चुडामणि देवकोटा,वरिष्ठ गीतकार अमर बान्तु,वरिष्ठ संस्कृतिकविद् भक्त राई,माननीय हेमराज राई,वरिष्ठ गीतकार श्रवण मुकारुङ,वरिष्ठ गायक दिलेन्द्र मुकारुङ,वरिष्ठ गीतकार शितल कादम्बिनी,चर्चित कवि गीतकार चन्द्र रानाहोङछा,चर्चित गीतकार बिपिन किरण लगायतले सो संग्रह बिमोचन गरेका थिए।

करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवन यापन,लोक सन्दर्भमा रहेको छ।

संग्रह सार्बजनिक कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपालका अध्यक्ष वरिष्ठ गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघका उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले उद्घोषण ले गरेका थिए।

यो भन्दा अगाडि उनको पुस्तक‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्