नेपाली कांग्रेस:आगामी बैशाखको पहिलो हप्ता भित्रमा प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय
केदार बस्नेत,काठमाडौ।नेपाली कांग्रेस प्रदेश सभा(क)सोलुखुम्बुको बैठक सम्पन्न भएको छ।प्रदेश सभापति धनजन राईको सभापतित्व तथा निवर्तमान जिल्ला सभापति विनोद बस्नेतको विशेष उपस्थितिमा हिजो मंगलबार प्रदेश क्षेत्रीय कार्यसमितिको कार्यालय मुक्लिमा बैठक सप्पन्न भएको सचिव बिजय गुरुङले जानकारी दिएका छन् ।

बैठकमा प्रदेश सभा( क)अन्तर्गतका चार स्थानीय तहहरु क्रमश थुलुङ दुधकोशी गाउँपालिका,नेचा सल्याँन गाउँपालिका,सोताङ गाउँपालिका तथा महाकुलुङ गाउँपालिकाका विभिन्न स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्तिथिले विविध निर्णयहरु समेत गरेको सचिव द्वोय विजय गुरुङ र हेमराज भट्टराई द्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा जानकारी गराइएको छ।
यसैबीच प्रदेश सभा (क)को निशुल्क पार्टी कार्यालयको लागि भवन उपलब्ध भएको छ।केहि महिना अघि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका प्रदेश उपसभापति फुर्तिमान तामाङले भवन निशुल्क उपलब्ध गराएका हुन् ।बैठकमा कार्यवाहक सभापतिको समेत जिम्मेवारी पाएका तामाङलाई बधाई एवं शुभकामना तथा पार्टी कार्यालयको लागि निशुल्क भवन उपलब्ध गराएकोमा धन्यवाद समेत पारित गरेको हस्ताक्षरित वक्तव्यमा जानकारी गराइएको छ।
प्रदेश सभा (क)को बैठकले नेचा सल्याँन गाउँपालिका सोलुखुम्बुकी निवर्तमान उपाध्यक्ष कुमारी देवि शर्मालाई रिक्त कोषाध्यक्ष पदमा मनोनीत गरेको छ।
बैठकमा भएको निर्णय जस्ताको तस्तै:-
१.फाल्गुन मसान्तसम्म पार्टीको क्रियाशील सदस्य नबिकरण कार्य सम्पन्न गरी पेश गर्न निर्देशन दिने।
२.कोषाध्यक्ष श्री कुमारी देवी शर्मा निर्विरोध मनोनित हुनुभएको छ।
३.आगामी बैशाखको पहिलो हप्ता भित्रमा प्रदेश सम्मेलन सम्पन्न गर्ने।
४.प्रदेश सभा निर्वाचन क्षेत्र क मा पर्ने स्थानिय तहमा पार्टी प्रशिक्षण कार्यक्रम गर्ने।
५.कार्यसम्पादन समिति र विभाग गठन गर्ने जिम्मेवारी सभापति लाई दिने।
६.कार्यवाहक सभापति फुर्तिमान तामाङ लाई बधाई एवं शुभकामना साथै निशुल्क पार्टी कार्यालयको लागि भवन उपलब्ध गराउनु भएकोमा धन्यवाद प्रस्ताव पारित।
७.आफ्नै पार्टी कार्यालय भवन निर्माणको लागि चैत्र मसान्त सम्ममा जग्गा रजिष्ट्रेशन गरिलिने।
बैठकमा कोशी प्रदेश सदस्य जयप्रसाद राई,महाधिवेशन प्रतिनिधि तथा वडाध्याक्ष महेन्द्रदीप राई सचिव द्वोय गुरुङ र भट्टराई थुलुङ दुधकोशी सभापति भक्त बहादुर गुरुङ,कांग्रेस नेता उतम नाछिरिङ लगाएत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको नेपाली कांग्रेस प्रदेश सभा(क)ले जनाएको छ।