राष्ट्रपति रामचन्द्र पौडेल चैत ११ गते नेचासल्यान आउने



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु । राष्ट्रपति रामचन्द्र पौडेल जिल्लाको नेचासल्यान गाउँपालिका आउने भएका छन्।गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटनका लागि आगामी चैत ११ गते राष्ट्रपति पौडेल नेचासल्यान आउने निश्चिति भएको गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिए।

अध्यक्ष राईसहित पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलबहादुर केसी,कांग्रेस नेता प्रकाशसिंह कार्की,नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समिति सभापति निरकुमार शर्मा ‘जय नेपाल’ लगायतको टोलीले राष्ट्रपति पौडेलसंग भेट गरी पालिका भवन उद्घाटनको मिति तय गरेको नेचासल्यान गाउँपालिकाले जनाएको छ ।

आरोन ॐ बालाजी पि आर जे भिले निर्माण गरेको भवनको गत फागुन ७ गते उद्घाटनको तयारी गरिएपनि विविध कारणले स्थगित भएको थियो ।नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत गरी कुल ३ करोड ७२ लाख बजेटमा निर्माण गरिएको ५ तले सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाहको थालनी भने गरिसकिएको छ

प्रतिक्रिया दिनुहोस्