‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’ बोलको तीज गीतले गायक दुर्गेश थापा फेरि विवादमा
काठमाडौं।गायक दुर्गेश थापा फेरि विवादमा तानिएका छन्। उनले एकसाता अघि मात्रै तीज गीत ‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’ बोलको गीत ल्याएका थिए।
‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’ गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ। ‘ख्यास्स पुतली’ बोलको गीतले समेटेको विषयवस्तु र शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाएको छ।
गायक दुर्गेशको सो गीत सार्वजनिक गर्नुअघि नै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स’ हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो। प्रतिष्ठानले साउन ७ गते नै दुर्गेशलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।
तर, दुर्गेशले भने प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै शब्द परिवर्तन नगरी ‘ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरे।
गीतमा प्रयोग भएका शब्दहरुले तीज पर्व र चेलिबेटिको नै खिल्ली उठाएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए।