प्रत्यक्ष दोहोरी कलाकार संघको पहिलो अधिबेशन सम्पन्न,अध्यक्षमा रबिन लामिछाने
काठमाडौं । प्रत्यक्ष दोहोरीमार्फत श्रोता तथा दर्शकहरुलाई मनोरञ्जन दिंदै आएका कलाकारहरुको छाता संगठन ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को प्रथम अधिबेशन सम्पन्न भएको छ।
शनिबार सम्पन्न अधिबेशनले चर्चित लोक तथा दोहोरी गायक रविन लामिछानेको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको छ।अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा बबिता बानियाँ ‘जेरी’, प्रथम उपाध्यक्षमा बालचन्द्र बराल, उपाध्यक्षमा श्याम राना, चिज गुरुङ, सुमन परियार, उपाध्यक्ष (महिला) मीना बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै, महासचिवमा प्रकाश पराजुली, उपमहासचिवमा रेशम निर्दोष, सचिवमा वसन्त विक, महिला सचिवमा टीका सानु, कोषाध्यक्षमा मानसिंह खड्का र सहकोषाध्यक्षमा सुमन थापा चयन भएका छन् ।
सदस्यहरुमा भीम पौडेल, सविन आचार्य, प्रीतम पोखरेल, बालकुमार श्रेष्ठ, शोभा कार्की, शंकर क्षेत्री, अस्मिता डल्लाकोटी, रीता राउत, तारा थापा, सुष्मा ठकुरी, जीवन सिग्देल, अमृता लामिछाने, रत्न श्रेष्ठ, टेकराज भण्डारी, निशान्त विक, जीवन कँडेल, सुमन खड्का, विवेक धिताल चयन भएका छन् ।
यस्तै डिलबहादुर तिरुवा, हेमन्त खत्री, पवित्रा सर्तुङ्गी मगर, राम परियार, गणेश कँडेल, प्रसन्न पाठक, दिलीप विक, प्रकाश रसाइली, प्रकाश परियार, लक्ष्मण पौडेल, वीरसिंह सुनार, शर्मिला बीसी, कामना ओली, धिरज कोइराला, सविन कोके गुरुङ, अमृत सापकोटालाई चयन गरिएको छ । लाइभ दोहोरी गाउने कलाकारहरुको हकहितसँगै लाइभ दोहोरीमा देखिएका विकृति विसंगतिविरुद्ध संस्थाले काम गर्ने जनाइएको छ।