बालेनको निर्देशन : काठमाडाैं महानगरपालिकाभित्रका सबै हलले रोके भारतीय चलचित्र
काठमाडौं।काठमाडाैं महानगरपालिकाकाे निर्देशनपछि महानगरभित्र आज भारतीय चलचित्र प्रदर्शनमा राेक लागेकाे छ । महानगरभित्रका कुनै पनि सिनेमा हलमा भारतीय चलचित्र प्रदर्शनीमा राखिएकाे छैन ।
भारतीय चलचित्र आदिपुरुषमा राखिएकाे ‘सीता भारतीय चेली हुन्’ भन्ने वाक्यांश मूल रूपमा नहटाएसम्म महानगरले काठमाडाैंभित्र कुनै पनि हिन्दी चलचित्र प्रदर्शन गर्न नदिने निर्णय हिजाे गरेकाे थियाे । उक्त निर्णय लागू गराउन महानगर प्रमुख बालेन्द्र शाहले हिजै नगर प्रहरी खटाएका थिए ।
महानगरपालिकाका प्रमुख शाहको निर्देशनपछि नगर प्रहरीले सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिएकाे थियाे । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।