जसपाको प्रस्तावित बिधानमाथि आज समूहगत छलफल हुँदै



काठमाडौं।जनता समाजवादी पार्टी नेपालको जारी विधान अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान मस्यौदामाथि सोमवार समूहगत छलफल हुंदैंछ।

आइतबार अध्यक्ष यादवले प्रस्ताव गरेको बिधान मस्यौदा माथि छलफल गर्न १० वटा समूह बनाइएको छ। बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्