भक्तपुरमा गर्ने भनिएको दुर्गा प्रसाईको आजको कार्यक्रम स्थगित, तीन ठाउँमा सांस्कृतिक कार्यक्रम गर्ने



काठमाडौं।दुर्गा प्रसाईं संयोजकत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालले आज भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ ।

महाअभियानको सचिवालयले एक विज्ञप्ति जारी आज भक्तपुरको दरवार क्षेत्र भित्र गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

महाअभियानले आज सांस्कृतिक कार्यक्रम मात्रै गर्ने भएको छ । बिहान ११ बजेदेखि कलंकी, बालाजु बिजी मल र रत्नपार्कमा एकैपटक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

शनिबार सिफलमा आयोजित कार्यक्रममा प्रसाईंले आईतवार भक्तपुरको सल्लाघारी र सोमबार बसन्तपुरमा कार्यक्रम गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्