‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक



काठमाडौं ।सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो

गीतकार दिलिप योञ्जन तामाङ रचनामा रहेको सो गीत आस्था मिडिया युट्युब च्यानलमार्फत् सार्बजनिक गरिएको हो।सो गीतमा गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वर छ।तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ ।

उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । ‘डम्फु र टुङ्गना बजाउँदै’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्