गीतकार मनुहाङ किराती ‘साेलु’ को कुलुङ भाषाकाे गीत सार्बजनिक



सोलुखुम्बु।गीतकार मनुहाङ किराती’साेलु’को शब्दमा रहेको ‘सानिवा पिन्ना,सम्तुमा मिन्ना’बाेलकाे कुलुङ भाषाकाे गीत सार्बजनिक भएको छ।

साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको यो गीतले बहुजातीय,बहुभाषिक,बहुसाँस्कृतिक देश नेपालमा प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे गीतकार किँरातीले बताए।

मनबहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहकलेगरेका छन्।गीत द पिक स्टुडियो काठमाडाैँमा रेकर्ड गरिएको हो । गीतकार मनुहाङ किराँती “साेलु”काे शब्दमा याे छैटाैँ गीत हाे। यस अघि सालपा सिलिछाेमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायाे,महाकुलुङ गान(संयुक्त),गुदेल माविकाे हीरक गान(संयुक्त) हाै हामी किराँती बाेलकाे गीतहरु सार्वजनिक भईसकेका छन्।

शब्दकार मूलत:कवि र गजलकार हुन्।उनका साहित्यक कृतितर्फ सिर्जनाको मञ्जरी (कविता सँग्रह)मनकाे डायरी (गजल संग्रह) चाेचाेलुङ रिङरिदुम कुलुङ मुन्धुम संग्रह,सिर्जनाकाे पारखी लाेकछन्द बद्ध (बालकविता संग्रह) प्रकाशित छन भने गुँदेंल माविका हीरक स्मारिका सम्पादन समेत गरिसकेका छन।

प्रतिक्रिया दिनुहोस्