दीपाश्रीलाइ माफी दिन फ्यानहरुलाइ महानायक हमालको आग्रह



काठमाडौं ३१ असार। नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन् ।

उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन् । दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो । यो सबै नियालीरहेका हमालले शुभेच्छुकहरूलाई संयमित हुन र सकारात्मक हुन अनुरोध गरेका हुन् ।

‘राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’, हमालले निरौलाको नाम नलिइकन भनेका छन्, ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं ।

प्रतिक्रिया दिनुहोस्