राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन अभिनेत्री मनिषा कोइरालाको अपिल



काठमाडौं, २० पुस।नेपाली कांग्रेसका संस्थापक बिश्वेश्वर प्रसाद कोइरालाका नातिनी समेत रहेकी बलिवोउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन सार्वजनिक अपिल गरेकी छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले पुस २१ गते होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन र पुस २७ गते सिंहदरबार अगाडि सार्वजनिक कार्यक्रम राखिएको जानकारी दिँदै कार्यक्रम मनाउन अपिल गरेकी हुन्।

कोइरालाले कार्यक्रमका लागि सञ्चारकर्मीलाई सम्बोधन गरिएको पत्रसमेत सार्वजनिक गरेकी छन्, जसमा कोइरालासँगै रमेश खरेल र भरत बस्नेतको हस्ताक्षर छ।

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको तर्फबाट अभिनेत्री मनीषाले सो अपील गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्